Logo

अर्थ

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्धारा भूकम्पपीडितका लागि ५ लाख बराबरको कम्बल सहयोग



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले भूकम्प पीडितका लागि ५ लाख रुपैयाँ बराबरको कम्बल सहयोग गरेको छ ।

कम्पनीले जाजरकोट जिल्लाको नलगाड नगरपालिकाका भूकम्प पीडितलाई उक्त रकम बराबरको कम्बल सहयोग गर्ने बताएको छ ।

कम्पनीले जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा रहेका आफ्ना सम्पूर्ण अभिकर्ता र अन्य कर्मचारीहरूलाई उद्धार कार्यमा सक्दो साथ र सहयोग गर्न अनुरोध गरेको छ ।

यसैगरी, उसले प्राकृतिक विपत्तिले निम्त्याएको यो कठिन घडीमा पीडित र शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्न पनि अनुरोध गरेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार १५:०५   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।