Logo

जनप्रतिनिधि

पदमुक्त भएकी मेयर साहलाई पुनर्बहाली गर्न सर्वोच्चको आदेश



काठमाडौं । सर्वोच्च अदालतले मौलापुर नगरपालिका, रौतहटकी मेयर रिनाकुमारी साहलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश गरेको छ ।

शुक्रवार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले साहलाई पदमुक्त गर्न नेकपा (एमाले)ले गरेको पत्राचार र निर्वाचन आयोगले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। आदेशमा नगर प्रमुखको पदमा रही साहलाई कामकारबाही गर्न भनिएको छ ।

एमालेले नगर प्रमुख साहले दल त्याग गरेकाले पद स्वतः रिक्त हुने भनेर निर्वाचन आयोगमा पत्राचार गर्यो । आयोगले गत असोज २९ गते साह पदमुक्त भएको निर्णय गरेको थियो । उक्त निर्णयविरूद्ध साहले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् ।

प्रकाशित मिति : कार्तिक २५, २०८० शनिबार  ८ : ३१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।