Logo

जनप्रतिनिधि

गृहमन्त्री श्रेष्ठ र मेयर बालेनबिच भेटवर्ता



उपपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबिच भेटवर्ता भएको छ ।

आज (शनिवार) बिहान बालेन निवास गैरीगाउँमा गृहमन्त्री श्रेष्ठ स्वकीय सचिव सुशन कर्माचार्य सहित पुगेका थिए ।

बालेन पत्नी सबिना काफ्लेले एक फोटो सार्वजनिक गर्दै मन्त्री श्रेष्ठसँगको बिहानको खाना खाएको जानकारी गराएकी छन ।

फोटोमा मन्त्री श्रेष्ठकी स्वकीय सचिव कर्माचार्यले बालेनकी छोरी लिएकी देखीन्छ । केही महिनाअघि मेयर शाहले आफ्नी श्रीमती सबिना चढेको गाडी प्रहरीले रोकेको भन्दै सामाजिक सञ्जालमार्फत सरकारलाई ‘चोर’को उपमा दिँदै सिंहदरबार जलाइदिने धम्की दिएका थिए ।

सो धम्कीलाई लिएर कारबाही गर्नुपर्ने आवाज उठेपछि उनले आफ्नो भनाई सामाजिक सञ्जालबाट हटाएका थिए ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आईतवार ०५:२३   :  बजे

165
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।