Logo

आजको तस्बिर

सयपत्रीमय भृकुटीमण्डप (तस्बिरहरू)



काठमाडौं । काठमाडौं महानगरपालिकाले फूल बिक्रीका लागि विभिन्न चार ठाउँ तोकेको छ । महानगरपालिकाले तोकेको ठाउँहरुमध्ये भृकुटीमण्डप एक हो ।

महानगरपालिकाले फूल बिक्रीका लागि प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप, तीनकुने चौर, हाँडीगाउँ र बालाजु भ्याली कोल्ड स्टोरको प्राङ्गण तोकिदिएको छ ।

यहाँ बिहानैदेखि सयपत्री फूल किन्ने र बेच्नेको बजार लागेको छ । काभ्रे, रामेछाप, धादिङ र काठमाडौंको विभिन्न ठाउँहरुबाट फुल बेच्न ल्याइएको छ ।

महानगरले न्युरोड लगायतका सडक पेटिहरुमा फुल बेच्न निषेध गर्दा फुल किन्ने ग्राहक नपाएको र फुल कुहिएर खेर जाने भन्दै फुल व्यापारीले गुनासो गरेका छन् ।

तस्बिरहरू :

प्रकाशित मिति : २६ कार्तिक २०८०, आईतवार १४:१६   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।