Logo

धर्म / संस्कृति

पशुपतिको गौशालामा गरियो सामूहिक गाई पूजा



काठमाडौं । कार्तिक कृष्ण औँसीका अवसरमा आज गाईको पूजाआजा गरी गाई तिहार मनाईएको छ ।

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज परेको गाईतिहारमा पशुपतिको गौशाला धर्मशालामा पालिएको गाईलाई पूजा गर्नेको घुँइचो देखिन्छ । उनीहरुले गाईको सामूहिकरुपमा विधिपूर्वक गाई पूजा गरी गाईलाई भोजन गराएका छन् ।

गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ ।

प्रकाशित मिति : कार्तिक २७, २०८० सोमबार  ११ : ४५ बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।