काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । समितिका अनुसार कात्तिकको २९ गते बुधवार बिहान १० बजेर ५१ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको छ। तिहारमा सबैभन्दा महत्वपूर्ण दिनकाे रुपमा भाइटीकालाई लिइन्छ ।
हिन्दु धर्माबलम्बीमा तिहारको भाइटीकाको दिन दिदी बहिनीले दाजुभाइलाई टीका लगाइदिएर दीर्घायुको कामना गर्ने प्रचलन छ । टीका लगाउन साइत हेर्ने चलन रहेको छ ।
तर साइतमा टीका लगाउन नभ्याउनेहरुले साँझसम्म लगाउने प्रचलन पनि रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले साइतमा टीका लगाउन नभ्याउनेले दिनभर जुनसुकै बेला टीका लगाउन सक्ने जनाएकाे छ ।
प्रतिक्रिया