काठमाडौं- भारतलाई ६ विकेटले पराजित गर्दै अस्ट्रेलियाले आइतबार छैटौं पटक आईसीसी पुरुष एकदिवसीय विश्वकप क्रिकेटको उपाधि उचाल्यो। अहमदावादको नरेन्द्र मोदी स्टेडियममा भएको फाइनल खेलमा भारतले दिएको २४१ रनको लक्ष्य अस्ट्रेलियाले चार विकेट गुमाउँदै ४३ ओभरमा पूरा पुर्यो।
अस्ट्रेलियाको जितमा ओपनर ब्याटर ट्रभिस हेड नायक बने। उनले १२० बलमा १३७ रनको शतकीय पारी खेल्दै टीमका लागि महत्वपूर्ण योगदान पुर्याए। उनी टीमलाई जितका लागि दुई रन आवश्यक हुँदा क्याच आउट भएका थिए।
हेडलाई मार्नस ल्याबुशेनले अर्धशतक बनाउँदै साथ दिएका थिए। उनले ११० बलमा ५८ रन जोडे।
अस्ट्रेलियाले आफ्नो तीन विकेट पहिलो पावरप्लेमै गुमाए पनि हेड र ल्याबुशेनले पारी सम्हालेका थिए। डेभिड वार्नर सात र मिचेल मार्स १५ रनमा आउट भएका थिए। यस्तै, चार रनमा खेल्दा स्टिभ स्मिथ एलबीडब्लू आउट भए। यद्यपि रिप्लेमा भने उनी आउट नभएको पाइएको थियो।

बलिङतर्फ भारतले शुरूमा प्रभावशाली प्रदर्शन गरे पनि बीचमा खेल अस्ट्रेलियाको पक्षमा गयो। जस्प्रित बुम्राहले दुई विकेट लिए। त्यस्तै, मोहम्मद शामी र मोहम्मद सिराजले एक-एक विकेट लिए।अस्ट्रेलियाले बलिङ पनि राम्रो गरेको थियो। २४० रनमा भारत अलआउट भएको थियो। एक समय ८१ रनमा भारतले तीन विकेट गुमाएको थियो। विराट कोहली र केएल राहुलले पारी सम्हालेका थिए। कोहलीले ५४ तथा राहुलले ६६ रन बनाएका थिए। ओपनर तथा कप्तान रोहित शर्माले ४७ रन बनाएका थिए।
त्यस्तै, सूर्यकुमार यादवले १८ तथा कुलदीप यादवले १० रन बनाउनु बाहेक अरूले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।
अस्ट्रेलियाको सुरुवात पनि राम्रो रह्यो। एक विकेट गुमाएर २७ बलमै अस्ट्रेलियाले ४१ रन जोड्यो। त्यसपछि केही समय उस्को पनि खराव रह्यो। लगातार बुमराह र मोहम्मद सामीले एकआपसमा विकेट लिंदै अस्ट्रेलियालाई तीन विकेटको क्षतिमा ४७ रनमा खुम्च्याए।
अस्ट्रेलियाको लागि मिचेल स्टार्कले तीन विकेट लिए। जोश हेजलवूड र कप्तान प्याट कमिन्सले दुई-दुई विकेट लिए। ग्लेन म्याक्सवेल र एडम जाम्पाले एक-एक विकेट लिए।
अस्ट्रेलियाको यो छैटौं उपाधि हो। यसअघि सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा उसले उपाधि उचालि सकेको छ।
यो त हिजोको खेल नतिजाको स्मरण भयो। अब अस्ट्रेलियाले कसरी उपाधि उचाल्यो र भारत कहाँ चुक्यो भन्ने बारेमा चर्चा गरौं।
अस्ट्रेलिया छैटौं पटक विजेता हुँदा भारतले पुन: उपविजेतामा चित्त बुझाउनु परेको छ। त्यसका लागि भारतलाई टस देखिनै झट्का लागेको देखिन्छ।
क्रिकेटमा टस जित्दा सुरुमा बलिङ रोज्न पाइन्छ। त्यस्ले खेलमा सहज जितका लागि सहज हुन्छ। सुरुमा ब्याटिङमा रहेको जिम त्यसै पनि दवावमा हुन्छ। र, त्यही बीचमा महत्वपूर्ण एउटा क्याचले खेललाई उथलपुथल पारिदिन्छ।

भारतीय कप्तान रोहित शर्मा खेलको सुरुवातदेखि नै लयमा थिए। उनले चार चौका र तीन छक्काको मद्दतमा ३१ बलमा ४७ रन प्रहार गरेका थिए। १० ओभरभित्र एक विकेटमात्र गुमाएको भारतका लागि रोहितले अफ-साइडमा लामो गर्दा कस्ट्रेलियाका लागि ट्रेभिस हेडले कभरमा पछाडिबाट दौडेर डाइभ मार्दै उत्कृष्ट क्याच लिए।
सोही क्याचपछि भारतको प्रस्तुति कमजोर रह्यो। उनलाई गुमाउनु भारतका लागि महँगो सावित भयो। र, भारतले अस्ट्रेलियालाई दिएको २४० रनको रक्षा गर्नु थियो।
अस्ट्रेलियाको सुरुवात पनि राम्रो रह्यो। एक विकेट गुमाएर २७ बलमै अस्ट्रेलियाले ४१ रन जोड्यो। त्यसपछि केही समय उस्को पनि खराव रह्यो। लगातार बुमराह र मोहम्मद सामीले एकआपसमा विकेट लिंदै अस्ट्रेलियालाई तीन विकेटको क्षतिमा ४७ रनमा खुम्च्याए।
घरेलु मैदानमा जितको सुनौलो मौका गुमाएसँगै भारतीय कप्तान रोहित शर्माले ब्याटिङमा टोलीको कमजोर प्रदर्शन रहेको स्वीकार गरेका छन्।
स्टिभ स्मिथ एकै रनमा एलबीडब्लू आउट भए। यसले भारतलाई बलियो रुपमा प्रस्तुत हुने ढाडस दिएको थियो। तर, त्यो धेरै बेर टिक्न सकेन।
र, फाइनलका सबैभन्दा ठूला नायक हेड बनिदिए। उनले अस्ट्रेलियाका लागि १२० बलमा १३७ जोडे। जसमा १५ चौका तथा चार छक्का सामेल थिए।
घरेलु मैदानमा जितको सुनौलो मौका गुमाएसँगै भारतीय कप्तान रोहित शर्माले ब्याटिङमा टोलीको कमजोर प्रदर्शन रहेको स्वीकार गरेका छन्।
‘खेलको नतिजा हाम्रो पक्षमा थिएन र हामीलाई थाहा छ आज हामी राम्रो थिएनौं, तर मलाई टोलीमाथि गर्व छ। हामीले आफ्नो तर्फबाट सक्दो प्रयास गर्यौँ तर जे भयो त्यो हुनुहुँदैनथ्यो,’ खेलपछि रोहित शर्माले भने।

२०-३० रन अझ धेरै बनाएको भए राम्रो हुने उनको प्रतिक्रिया छ। ‘करिब २५-३० ओभरमा केएल राहुल र विराट कोहली ब्याटिङ गरिरहँदा हामी कुरा गरिरहेका थियौँ। यो साझेदारी भइरहोस् र जति सकिन्छ त्यति लामाे समय पिचमा टिकिरहुन्। तर त्यसपछि हामीले लगातार विकेट गुमाइरह्यौं। त्यै पनि हामीले २७०-२८० रन बनाउँछौं भन्ने थियो। हामीले कुनै पनि राम्रो पार्टनरसीप गर्न सकेनौँ। अष्ट्रेलियाले तीन विकेट गुमाएपछि राम्रो साझेदारी गर्यौं।’
‘बोर्डमा २४० भएपछि आफूहरूले सकेसम्म चाँडो विकेट लिन चाहेको र सुरुमा त्यसो गर्न पनि सफल भएको उनको प्रतिक्रिया थियो। ‘तर पूरा श्रेय हेड र मार्नसलाई जान्छ। उनीहरूले ठूलो साझेदारी गरे र हामीलाई खेलबाट पूर्ण रूपमा बाहिर गरे। हामीले सक्दो प्रयास गर्यौँ,’ उनले भनेका छन्।




















प्रतिक्रिया