शरीरका सबै अंगले राम्रोसँग काम गर्नका लागि रक्तसञ्चार राम्रोसँग हुनुपर्छ। रगतका माध्यमबाट अक्सिजन र पोषक तत्व शरीरका विभिन्न अंगलाई प्राप्त हु्नेगर्छ।
खानेकुरा र दिनचर्याको तालमेल नमिल्दा रगतमा विकार बस्तुको मात्र बढ्न पुग्छ। यस कारण थुप्रै प्रकारको स्वास्थ्य समस्या देखिने हुन्छ।
मिर्गौलाले रगतलाई फिल्टर गर्नुका साथै शरीरमा हुने विकार बस्तुलाई बाहिर निकाल्ने काम गर्छ। त्यसैले रगतलाई सफा राख्न मिर्गौलाको स्वस्थतामा ध्यान दिनुपर्छ।
हाम्रो शरीरमा दुई वटा मिर्गौला हुन्छन्। मिर्गौलाले शरीरमा रहेको अतिरिक्त तरल पदार्थलाई बाहिर निकाल्नुका साथै रगतलाई फिल्टर गर्ने काम गर्छन्। त्यसैले हामीले मिर्गौलाको स्वस्थतामा विशेष ध्यान दिनुपर्छ।
स्वास्थ्य विशेषज्ञले हाम्रो खराव दिनचर्याका कारण मिर्गौला सम्बन्धि रोगको जोखिम बढ्नसक्ने बताएका छन्। मिर्गौला सम्बन्धि रोग लाग्दा कार्यक्षमतामा ह्रास आउँछ। रगतमा बेकार बस्तुको मात्रा बढ्ने जोखिम पनि हुन्छ। त्यसैले कम उमेरमा नै जीवनशैली र आहारमा विशेष ध्यान दिनुपर्छ।
मिर्गौलालाई स्वस्थ राख्न एन्टीबायोटिक्स औषधिको प्रयोगमा ध्यान दिनुपर्छ। ब्याक्टेरियाको संक्रमणबाट जोगिन हामीले एन्टीबायोटिक औषधिको प्रयोग गरिरहेका हुन्छौं। पछिल्ला केही वर्षमा एन्टीबायोटिक्सको अनावश्यक प्रयोग बढ्दो छ। यसले एन्टीबायोटिक्सले गर्ने असरको जोखिम बढ्छ। यस्ता औषधिले मिर्गौलामा असर पुगाउने जोखिम हुन्छ। चिकित्सकको सिफारिस बिना यस्ता औषधिको प्रयोग गर्नु हुँदैन।
मिर्गौला संक्रमणबाट जोगिन आहार र आहारको गुणत्वमा पनि ध्यान दिनुपर्छ। आहारमा फलफूल र सागपातकोमात्र बढाउनुपर्छ। अधिक बोसो र नुनयुक्त चिजको सेवन गर्नु हुँदैन। चिनीको सेवन पनि गर्नु हुँदैन। यसले मिर्गौलामा असर गर्छ। मौसमी सागपात, फलको सेवन पनि बढाउनुपर्छ।
नुनको अधिक सेवनले प्रेसर बढ्नुका साथै मिर्गौलामा पनि असर गर्छ। पहिलेदेखि नै मिर्गौलाको समस्या भएकाहरूले त झनै अधिक नुनको सेवन गर्नु नै हुँदैन। – अमर उजालाबाट साभार




















प्रतिक्रिया