काठमाडाैं । बीमाको नियामक निकाय बीमा प्राधिकरणको तथ्यांक अनुसार करिब ४०% भन्दा बढी नेपाली जनता जीवन बीमाको दायरामा रहेका छन्। नेपाली जीवन बीमामा औषत रुपमा बार्षिक करिब रु ६ लाख देखि ६ लाख ५० हजार सम्मको कुल बिमांक रकम भएको बीमा गर्ने गरिएको पाइएको छ।
आजको महंगाई अनि असन्तुलित अर्थतन्त्रको अवस्थामा रु ६ लाख देखि ६ लाख ५० हजारसम्मको रकमले मात्र भविष्यमा आइपरेको बेला के आर्थिक सहारा दिन सक्ला र ? बिमितले आफ्नो आम्दानी अनुसारको बीमा नगर्दा भबिष्यमा आईपर्न सक्ने आर्थिक जोखिमको भार बहन गर्न नसक्ने हुनाले समयमै चनाखो हुन् जरुरी देखिन्छ।
समयमा नै सही निर्णय नलिँदा आफूलगायत सम्पूर्ण परिवार नै आर्थिक सकंटको चपेटामा पर्न जाने सम्भावना पनि धेरै हुन जान्छ। नेपालमा हाल वार्षिक करिब रु ६ लाख देखि ६ लाख ५० हजार सम्मको कुल बिमांक रकमको लागि बार्षिक रु ४० हजार देखि ४५ हजारसम्मको प्रिमियम बुझाउने गरेको पाइएको छ । तर केही भैपरी आएमा आफू अनि आफ्ना परिवारको आर्थिक सुरक्षाका लागि के सहयोग गर्ला त यति थोरै रकमले ?
हामीलाई भैपरी आउन सक्ने जिम्मेवारीहरु:
- बच्चाहरुको शिक्षाको लागि
- आफू र आफ्नो प्रियजनको उज्ज्वल भबिष्यको लागि
- घातक रोगहरु बिरुद्धको उपचार खर्च सुबिधाको लागि
- भविष्यमा आईपर्न सक्ने आर्थिक जोखिम बहनको लागि
- आश्रित परिवारको आर्थिक सुरक्षाको लागि
- बुढेसकालको सहाराको लागि

यिनै प्रकारका आवश्यकताहरुलाई मध्ये नजर गरी सूर्यज्योति लाइफ़द्वारा भर्खरै ल्याईको ‘सूर्यज्योति सहि प्लान’ रोज्यौँ भने त्यती नै वार्षिक रु ४० देखि ४५ हजार प्रिमियम (उमेर अनुसार प्रिमियम दर फरक पर्न सक्छ) मै लगभग रु २५ लाखसम्मको बीमा गर्न सकिन्छ, जसले जीवनमा आईपर्न सक्ने आर्थिक जोखिमको भारमा राहत दिन सक्छ र तपाई अनि तपाईको परिवारको सुनौलो भबिस्यका लागि सहारा हुन सक्छ।
‘सहि सोचौँ, सहि रोजौँ’ भन्ने मूल नाराका साथ ल्याइएको यो योजनामा केवल सूर्यज्योतिले मात्र आकर्षक र उत्कृष्ट सुविधाहरु पस्केकै कारण पक्कै पनि हरेक नेपालीहरुको मन मुटुमा अबश्य स्थापित हुने साथै ‘हरेक घर ,एक बीमा’ को रुपमा यो योजनाको पहुँच पर्याउने लक्ष्य सूर्यज्योतिको रहेको पनि कम्पनिको छ । यो भन्दा पहिले बीमा लिईसकेको व्यक्तिको लागि पनि ” सूर्यज्योतिको ‘सहि प्लान’ अरु योजनाको तुलनामा एक मात्र यस्तो उपयुक्त योजना हुनसक्छ जसले यी निम्न लिखित फाइदाहरु दिन सक्छ :
- थोरै प्रिमियममा नै ठुलो बीमा लिन सक्ने
- ७० बर्षको उमेर पुगे पश्चात तिरेको सम्पूर्ण रकम फिर्ता हुने
- सीमित अवधि सम्म बीमाशुल्क भुक्तानी गरी दिर्घकालिन (आजीवन) रक्षावरण रही रहने
- अन्य बचत किसिमको बीमा भन्दा लगभग ५ देखि ६ गुणा सम्म आर्थिक सुरक्षा प्रदान गर्ने
यो योजना लिदा ७० बर्षको उमेर पश्चात तिरेको सम्पूर्ण रकम फिर्ता हुने हुदा आफुलाई बुढेसकालको सहारा हुने अनि आफ्नो परिवारमा आर्थिक समस्या आइपरे तेस्को आर्थिक भार समाधान हुने हुनाले यदि पहिले बीमा लिई सकेको भए पनि यो सहि प्लान तपाईको दोश्रो बीमाको रुपमा खरिद गर्नु निकै नै बुद्धिमानी हुन जान्छ।
अन्य बीमा योजनामा बीमा अवधि पछि बीमितको रक्षावरण समाप्त हुने तर यो सहि प्लान बीमा योजनामा सीमित अवधि सम्म बीमाशुल्क भुक्तानी पश्चात पनि बिमितको दिर्घकालिन (आजीवन) रक्षावरण भै नै रहने हुन्छ । सही प्लान बीमा योजनामा अन्य बीमा योजनाको जस्तो बीमा रक्षावरण समाप्त हुने चिन्ता हुँदैन।

सूर्यज्योति लाइफले समय सापेक्ष आफ्ना ग्राहकहरुको हित र सुबिधालाई ध्यानमा राखी नविनतम र परिस्कृत सेवा पस्किदै आइरहेको छ। नेपालको जीवन बीमा क्षेत्रमा सूर्यज्योति लाइफ इन्सोरेन्सले तिहारको अवसर पारि पहिलो पटक कम प्रिमियममा सर्बाधिक आजीवन सुरक्षा प्रदान गर्ने एक मात्र बीमा योजना “सूर्यज्योति सहि प्लान ” पस्कन सफल भएको हो ।
यो बीमा योजनामा अन्य जीवन बीमा कम्पनी भन्दा भिन्न र उत्कृष्ट सुबिधाहरु र बिशेषताहरु भएकोले नै सूर्यज्योति ‘सहि प्लान ‘ ले नेपाली जीवन बीमा बज़ारमा छिट्टै नै आफ्नो स्थान पाउनेमा कम्पनी ढुक्क रहेको छ।
आफूलाई र आफ्नो शेषपछि आफ्ना सन्ततिको उज्ज्वल भबिष्य निर्माणका लागि उपयॊगी हुने हुनाले यो नै सर्वोउत्कृष्ट सहि बीमा योजना हो।
यो बीमा योजना अन्तर्गत बिमितले ऐच्छिक तथा अतिरिक्त सुविधाहरु पनि रहेका छन्:
- दुर्घटनाको कारण मृत्यु भएमा दोहोरो बीमा लाभ लिन सकिने र दुर्घटना बाट पुर्ण अशक्त भएमा बाँकी अवधिको बीमाशुल्कमा पूर्ण छुट हुने
- बिमाङ्कको आधारमा कम्तिमा १० बर्षसम्म मासिक अशक्त सुबिधा प्रदान गरिने
- नेपालमै सर्वाधिक ३५ घातक रोगहरु विरुद्ध रु ५० लाख सम्मको उपचार खर्चको आर्थिक सुरक्षा लिन सकिने
- साथै आफुलाई आवश्यक परेको बेलामा सहुलियत दरमा नियमानुशार सुलभ दरमै ऋण लिन सकिने
सूर्यज्योति जीवन बीमा कम्पनिले बीमा क्षेत्रमै पहिलो ऐतिहासिक सफल मर्जर गरी उत्कृष्ट सेवा दिदै छोटो समयमै उलेखनीय उपलब्धिहरुहासिल गरिसकेको छ। कम्पनिले जीवन बीमा क्षेत्रमै पहिलो सर्वाधिक ३५ घातक रोगहरु विरुद्ध रु ५० लाख सम्मको उपचार खर्चको सुबिधा प्रदान गर्ने एकमात्र कम्पनि बन्दै पहिलो आइ.एस.ओ ९००१ -२०१५ द्वारा बिभूषित प्राप्त गर्ने एकमात्र जीवन बीमा कम्पनि बन्न सफल पनि भएको छ।





















प्रतिक्रिया