Logo

धर्म / संस्कृति

जलेश्वर शिव मन्दिर व्यवस्थापन समितिको अध्यक्षमा ढुङ्गाना



लेखनाथ । पोखरा महानगरपालिका वडा नं.३१ बेगनासताल गाइघाट स्थित जलेश्वर शिव मन्दिर ब्यवस्थापन समितिको पाचौं बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले कृष्ण प्रसाद ढुङ्गानालाई अगामी कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।

बेगनासताल क्षेत्रमा धार्मिक पर्यटन प्रवद्धनमा सहयोग पुग्ने गरी स्थापना गरिएको मन्दिर ब्यवस्थापन समितिको उपाध्यक्षमा सिता कार्की, सचिवमा विरेन्द्र पौडेल र कोषाध्यक्षमा निर बहादुर बराल रहेका छन् ।

यसैगरी सर्वसम्वत रुपमा चयन भएको समितिको सदस्यहरुमा कल्पना अधिकारी, मेनुका वास्तोला, बसन्त राज ढकाल, तिलक प्रसाद तिवारी, शालिकराम लामिछाने, सुधा थापा, मोतीराम तिमिल्सेना, दुर्गादेवी अधिकारी र शान्ति कोईराला रहेको निर्वाचन संयोजक राममणि अधिकारीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार १२:२०   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।