Logo

अर्थ

फेडेरल रि-इन्स्योरेन्स ब्रोकर ‘वेष्ट ब्रोकर अफ द इयर’ अवार्डबाट सम्मानित



काठमाडौं । इमर्जिङ एसिया इन्स्योरेन्स अवार्डबाट फेडेरल रि- इन्स्योरेन्स ब्रोकर्स लिमिटेड सम्मानित भएको छ ।

इन्डियन चेम्बर अफ कमर्स (आईसीसी) द्वारा भारतको मुम्बईमा आयोजित चौथो इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ अवार्ड–२०२३ मा नेपालको तर्फबाट ‘वेष्ट ब्रोकर अफ दि इयर २०२२–२०२३’ को रुपमा सम्मानित भएको हो ।

बलियो कर्पोरेट शासन, लचिलोपन, रणनीतिक गठबन्धन र कार्य व्यवस्थापन गुणस्तरीयताका आधारमा नेपालको तर्फबाट रि इन्स्योरेन्स ब्रोकरबाट फेडेरल रि-इन्स्योरेन्स ब्रोकरलाई उक्त सम्मान गरिएको हो ।

फेडेरल रि- इन्स्योरेन्स ब्रोकर लिमिटेड नेपालको पहिलो रि- इन्स्योरेन्स ब्रोकर कम्पनी हो । साथै फेडेरल रि इन्स्योरेन्स ब्रोकर नेपालमा पहिलो तथा एकमात्रै आइएसओ सर्टिफिकेट प्राप्त संस्था हो ।

विश्वव्यापी रुपमा दर्जनौं प्रख्यात बीमा कम्पनीहरु, पुनर्बीमा कम्पनी, ब्रोकर र जोखिम व्यवस्थापन फर्महरुसँग रणनीकित गठबन्धन रहेको छ । वेष्ट ब्रोकर अफ दि इयर अवार्डसँँगै प्रतिष्ठित अन्तरराष्ट्रिय बेष्ट इन्स्योरेन्स ब्रोकर अवार्ड प्राप्त गर्ने नेपालको पहिलो पुनर्बीमा ब्रोकर कम्पनी बनेको छ ।

अवार्ड प्राप्तपछि कम्पनीले आफ्ना बोर्ड सदस्यहरु, सल्लाहकार, व्यवस्थापन टिम, समस्त ग्राहक, साझेदार, सेयरधनी, नियामक निकाय तथा सम्पूर्णलाई धन्यवाद दिएको छ ।

म्मेलनमा नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान, मालदिभ्स, थाइल्याण्ड, म्यानमारका बीमा कम्पनीका प्रतिनिधि तथा बीमाकर्मीहरुको सहभागिता थियो ।

प्रकाशित मिति : ८ मंसिर २०८०, शुक्रबार १५:३९   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।