Logo

अर्थ

सूर्यज्योति लाइफ इन्स्योरेन्स ‘चौथौं इमर्जिङ एशिया अवार्ड २०२३’ बाट ४ वटा विधामा सम्मानित



काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स ‘चौथौं इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२३’बाट सम्मानित भएको छ ।

२२ नोभेम्बर २०२३ मा इन्डियन चेम्बर अफ कमर्सले भारतको मुम्बईमा आयोजना गरेको कार्यक्रममा सूर्यज्योतिले ‘बेस्ट वुमन इन लिडरशीप’, ‘बेस्ट स्ट्राटेजी फर इन्स्योरेन्स स्प्रेडिङ्ग’, ‘बेस्ट इनोभेसन एण्ड डाईभर्सिफिकेसन’ र ‘बेस्ट लाइफ इन्स्योरेन्स’ गरी ४ वटा विधामा अवार्ड प्राप्त गरेको हो ।

उक्त कार्यक्रममा भारत, नेपाल, बांगलादेश, भुटान, श्रीलंका, म्यानमार, थाईलाण्ड लगायत अन्य देशहरुका इन्स्योरेन्स कम्पनीहरुबाट उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

विश्व विख्यात चार्टर एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पी डब्लु सी , इन्डियन इन्सिटिच्यूट अफ इन्स्योरेन्स, अन्तराष्ट्रिय बीमा विज्ञहरु लगायत थुप्रै प्रतिस्ठित संस्थाहरुबाट स्वतन्त्र रुपमा मूल्यांकन गरी विभिन्न वित्तीय सुचाङ्कहरुमा उत्कृष्ट कार्यसम्पादनको आधारमा अवार्ड प्रदान गरिएको हो । उक्त कार्यक्रममा चारवटै विधाको अवार्ड सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले ग्रहण गरेका थिए ।

अन्तर्राष्ट्रिय स्तरको अवार्ड हासिल गर्नका लागि अहोरात्र खटिने सम्पूर्ण कर्मचारी र अभिकर्ताहरूको प्रमुख भूमिका रहेको बताउँदै प्रमुख कार्यकारी अधिकृत खत्रीले बीमा प्राधिकरणको मार्गनिर्देशन र कम्पनीको सञ्चालक समितिको हौसला तथा विश्वासका लागि कृतज्ञता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १० मंसिर २०८०, आईतवार ११:१०   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।