Logo

अर्थ

समयमै वित्तीय विवरण नबुझाउने ८८ कम्पनी धितोपत्र बोर्डकाे कारबाहीमा (सूचीसहित)



काठमाडौं । समयमै वित्तीय विवरण नबुझाउने सूचीकृत ८८ कम्पनी नेपाल धितोपत्र बोर्डकाे कारबाहीमा परेका छन् । बोर्डले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक विवरण ढिलो बुझाउने तथा नबुझाएका संस्थाहरूलाई कारबाही स्वरुप जरिवाना तिराएकाे हाे ।

बार्डका अध्यक्ष रमेश हमालका अनुसार बोर्डको इतिहासमै पहिलो पटक यति धेरै सूचीकृत कम्पनीलाई कारबाही भएको हो । कारबाही गरिएका ८८ कम्पनीमध्ये ६९ कम्पनीले ढिला वित्तीय विवरण बुझाएका थिए ।

उनीहरुलाई बोर्डले प्रतिकम्पनी ५० हजार रुपैयाँका दरले जरिवाना तिराएको छ । त्यस्तै वित्तीय विवरण नबुझाएका १९ कम्पनीलाई भने प्रतिकम्पनी १ लाख रुपैयाँका दरले जरिवाना तिराइएको छ ।

यी हुन् बाेर्डकाे कारबाहीमा परेका कम्पनीहरू:–

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलवार १९:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।