Logo

राजनीति

एमाले अध्यक्ष ओली धनगढीबाट आज बैतडी जाने



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धनगढी पुगेका छन्।

एमालेले मंसिर १४ गतेबाट सुरु गर्ने मध्य पहाडी लोकमार्ग (झुलाघाट–चिवाभञ्ज्याङ) पदयात्रामा सहभागी हुन मंगलबार साँझ धनगढी गएका थिए ।

एमालेले तीन सातामा टुङ्याउने तयारी गरेको झुलाघाट–चिवाभञ्ज्याङ पदयात्राको उद्घाटन ओलीले नै गर्नेछन् । जसका लागि उनी धनगढीबाट आज बैतडी पुग्ने उनको सचिवालयले जनाएको छ ।

उनीसँगै एमाले उपाध्यक्षहरु ईश्वर पोखरेल, विष्णु पौडेल सहितका शिर्ष नेताहरू पनि बैतडी जाने भएका छन् । एमालेले सो पदयात्रालाई सम्बन्ध स्थानीय र सन्देश राष्ट्रिय दिने भन्दै आएको छ ।
पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी राजमार्गको लम्बाइ करिब एक हजार ८७९ किलोमिटर छ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार ०८:०४   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।