Logo

राजनीति



काठामाडौं- ‘समृद्धिका लागि संकल्प यात्रा’ अन्तर्गत महाकाली मेची टुरमा निस्किएको नेकपा एमालेको शीर्ष टोली लुम्बिनी आइपुगेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोलीलाई पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेललगायतका नेताले कैचीमोडमा स्वागत गरेका छन्। टोली दिउँसो गुल्मी आइपुग्ने छ।

एमालेले ३ बजे गुल्मीको वामीटक्सारमा जनसभा तय गरेको छ। रुकुमपूर्वको रुकुमकोटस्थित एक होटलमा सर्वदलीय सर्वपक्षीय अन्तरक्रिया गर्ने, पिपलबोटमा कोणसभा गर्ने कार्यक्रम राखिएको एमाले रुकुमपूर्वले जनाएको छ।

मंसिर १४ देखि सुरू १९ दिनको पदयात्रा सुदूरपश्चिम र कर्णालीमा सकिएर लुम्बिनी आईपुगेको हो।

प्रकाशित मिति : २० मंसिर २०८०, बुधबार ०९:३८   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।