Logo

खेलकुद

जब मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत फुटबल खेल्न मैदानमा उत्रिए….



काठमाडौँ । आज काठमाडौं महानगरका जनप्रतिनिधिको नेतृत्व गर्दै मेयर बालेन्द्र शाह ‘बालेन’ र काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले कर्मचारीको नेतृत्व गर्दै फुटबल खेलेका छन् ।

काठमाडौँ महानगरपालिकाले प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ मैत्रीपूर्ण फुटबल सम्पन्न गरेको हो । २९ औँ महानगर दिवस २०८० का अवसरमा दशरथ रङ्गशालामा आयोजना गरिएको खेलमा जनप्रतिनिधिको नेतृत्व प्रमुख बालेन्द्र शाह (बालेन) र कर्मचारीको नेतृत्व प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले गरेका थिए । महानगर दिवस, प्रतियोगिता सञ्चालन उपसमितिले खेलको आयोजना गरेको हो ।

खेलको शुरुवात गर्दैै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ्ले रेफ्री ओम न्पौपानेलाई र रेफ्री न्यौपानेले महानगरका प्रमुख शाह र उपप्रमुख एवं महानगर दिवस मूल समारोह समितिकी संयोजक सुनिता डंगोललाई फुटबल हस्तान्तरण गरेका थिए ।

खेलमा कर्मचारीकातर्फबाट जीवन थापाले ३ गोल र सविन लामाले २ गोल गरे । यसैगरी जनप्रतिनिधिका तर्फबाट प्रेम थापाले १ गोल र नविन भण्डारीले २ गोल गरे । दर्शकहरु पनि महानगरकै व्यक्तिहरु थिए ।

‘जनप्रतिनिधि र कर्मचारी बीचको मैत्री खेल उदाहरण हो । यसले आन्तरिक समन्वयलाई बिम्बित गर्छ’, खेल सकिएपछि मुल समारोह समितिकी संयोजक डंगोलले प्रतिक्रिया दिइन । महानगर दिवसका कार्यक्रमअन्तर्गत २७ गते बाँसुरी बादन प्रतियोगिता, २८ गते गुरु सम्मान र २९ गते मूल समारोह हुनेछ ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार १४:००   :  बजे

195
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।