Logo

खेलकुद

मैत्रीपूर्ण फुटसलमा राष्ट्रियसभा प्रतिनिधिसभासँग ४-० ले पराजित



काठमाडौं । मैत्रीपूर्ण फुटसल प्रतियाेगितामा राष्ट्रियसभा प्रतिनिधिसभासँग पराजित भएकाे छ । संघीय संसद सेवा दिवस २०८० का अवसरमा भृकुटीमण्डपमा मंगलबार आयाेजना गरिएकाे फुटसलमा प्रतिनिधिसभाले राष्ट्रियसभालाई ४-० ले हराएकाे हाे ।

प्रतिनिसभातर्फ केही फुटसलमा अभ्यस्त खेलाडीहरू थिए भने राष्ट्रियसभाको टीम कमजोर थियो । त्यसैले खेल पनि एकतर्फी भयो । प्रतिनिधिसभाको कप्तानी सभामुख देवराज घिमिरे र राष्ट्रियसभाको कप्तानी राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले गरेका थिए ।

उनीहरू दुवैजना सुरुमा केहीबेर मैदानमा बसेर सब्स्टिच्यूट भएका थिए । फुटसलको नियमबमोजिम नै खेल खेलाइएको थियो । मध्यान्तरअघि र पछि २०–२० मिनेट भएको खेलमा दुवै टिमबाट एकपटकमा ५–५ खेलाडी मैदानमा भिडेका थिए ।

खेलमा प्रतिनिधिसभाका माधव सापकोटाले दुई गोल गरेका थिए । दोस्रो हाफमा छिरेका विश्वप्रकाश शर्माले एक गोल थपे भने अन्तिम गोल विराजभक्त महर्जनले गरे । प्रतिनिधिसभाबाट विराजभक्त मात्रै सुरुदेखि अन्त्यसम्म खेलेका थिए ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलवार १२:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।