Logo

प्रमुख समाचार

संघीय संसद्को कार्यवाहक महासचिवमा पद्मप्रसाद पाण्डे नियुक्त



काठमाडौं । सभामुख देवराज घिमिरेले संघीय संसदको कार्यवाहक महासचिवमा पद्मप्रसाद पाण्डेलाई नियुक्त गरेका छन् । यसअघिका महासचिव भरतराज गौतमले राजीनामा दिएपछि ‍पाण्डेलाई कार्यवाहककाे जिम्मा दिइएकाे संघीय संसदका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

गौतमकाे राजीनामापछि उनको स्थानमा सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पाण्डेकै नाम सिफारिस गरेका छन् । सभामुख र राष्ट्रिय सभाका अध्यक्षको सिफारिसमा राष्ट्रपतिले संसदको महासचिव नियुक्त गर्ने कानुनी व्यवस्था छ ।

तर राष्ट्रपतिबाट महासचिव नियुक्तिमा ढिलाइ भएपछि सभामुखले कार्यवाहक तोकेका हुन् । कार्यवाहक महासचिव तोक्ने अधिकार भने सभामुखलाई रहेको छ ।

प्रशासनिक नेतृत्व नहुँदा संघीय संसद दिवसका सन्दर्भमा गर्नुपर्ने कतिपय काममा प्रभाव परेको, लोक सेवाबाट सिफारिस भएर आएका कर्मचारीको नियुक्तिलगायतमा प्रभाव परेका कारण सभामुखले कार्यवाहक तोकेको उनको सचिवालयले स्पष्ट पारेको छ ।

राष्ट्रपतिले भने मासचिव गौतमले आइतबार दिएका राजीनामामाथि अध्ययन भइरहेको जनाएकाे छ ।

 

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार ११:१७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।