Logo

प्रमुख समाचार

शेखरले भने- गगन र मबीच मतान्तर छैन



काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेता डा‍. शेखर कोइरालाले महामन्त्री गगन थापासँगको सम्बन्धबारे जथाभावी नबोल्न निर्देशन दिएका छन् ।

बत्तिसपुतलीमा जारी इतर समूहको भेलामा उनले महामन्त्री थापा र आफूबीच कुनै मतान्तर नरहेको दाबी गर्दै सम्बन्धबारे जथाभावी नबोल्न आफूनिकट नेताहरूलाई निर्देशन दिएका हुन् ।

भेलामा सहभागी एक नेताले भने, ‘शेखर दाइले महामन्त्री र आफूबीच कुनै मतान्तर नरहेको भन्नुभयो । दुवै जनाबीचको कुरालाई लिएर बाहिर जथाभावी नबोल्न पनि भन्नुभयो ।’

कोसी प्रदेशमा नेकपा एमालेको समर्थनमा केदार कार्की मुख्यमन्त्री बनेपछि नेता कोइराला र र महामन्त्री थापाबीच भेटवार्ता र छलफल भएको थिएन ।

कोइरालाले मंगलबारका लागि बोलाएको भेलामा लागि खबर नगरिएको भन्दै महामन्त्री थापा उपस्थित नहुने उनीनिकट नेताहरूले बताएका थिए ।

महामन्त्री थापा उपस्थित नहुने खबर पाएपछि नेता कोइरालाले मंगलबारको भेला बुधबारका लागि सारेका थिए ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार १८:०९   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।