काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जतिसक्दो छिटो शेखर कोइरालाई संसदीय दलको नेता बनाउनुपर्ने बताएका छन् । बुधबार बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको संस्थापन इतरको बैठकमा उनले कोइरालालाई दलको नेता बनाउन लागिपर्न आग्रह गरे ।
महामन्त्री थापाले शेखरलाई दलका नेता नबनाए ०८२ मा महाधिवेशन हुनै नसक्ने जिकिर गरे । “संसदीय दलको नेता फेर्नुपर्छ । संसदीय दलको नेता नफेरेसम्म ०८२ मा महाधिवेशन हुँदैन । शेखर कोइरालाई नै संसदीय दलको नेता बनाउनेतिर लागौँ,” उनको भनाइ उद्धृत गर्दै एक नेताले भने ।
महामन्त्री थापालपे आफू समूहमा बफादार रहेको पनि बताएका छन् । “समूहप्रति पूर्ण बफादार छु र शेखर दाइलाई नेता मान्ने र बनाउने कुरामा म जस्तो त्याग गर्न तयार छु,” उनले बैठकमा भनेका छन् ।




















प्रतिक्रिया