काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले सरकारको काम कारबाही हेरेर साथ र खबरदारी सङसङै दिनुपर्ने बताएका छन् ।
बिहिबार एक कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले सरकारको अनुभूति जनताले गर्न नसकेको कुरा बताउँदै जनताको भावना बमोजिम कार्य गर्नुपर्ने बताएका हुन् ।
नयाँ बानेश्वोर ब्याङ्कुएटमा नेपाल तरुण दल पुर्व अध्यक्ष विनोद कायस्थले नव मनोनित तरुण दल केन्द्रिय सदस्यहरुको सम्मानमा आयोजित चियापान कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले तरुण दल अध्यक्षको कुनै गुट नहुने कुरा बताए । उनले सम्पुर्ण केन्द्रिय सदस्यहरुलाई भुकम्प पिडितको कार्यमा जुट्न निर्देशन दिए ।
कार्यक्रममा पुर्व अध्यक्ष विनोद कायस्थले शभापतित्व गरेका थिए । कार्यक्रममा संघीय सांसद प्रतिमा गौतम, सुनिल शर्मा पुर्व विद्यार्थी नेता मनोजमणि आचार्य, पुर्व तरुण दल पदाधिकारीहरुको उपस्थिति रहेको थियाे । कार्यक्रम सञ्चालन नेपाल तरुण दल मुख्य सचिव ठान प्रसाद पोखरेलले गरेका हुन् ।




















प्रतिक्रिया