Logo

अर्थ

आइएमई लाइफ इन्स्योरेन्सद्वारा भक्तपुर शाखा स्तानान्तरण



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले भक्तपुर नगरपालिका-१ स्थित नगरकोट रोड, सल्लाघारी सपिङ कम्प्लेक्समा रहेको भक्तपुर शाखा कार्यालय करिब ४०० मिटर अगाडी श्रृजनानगर चोकमा स्तानान्तरण गरेको छ ।

उक्त स्तानान्तरित शाखा कार्यालयको उद्घाटन शुक्रबार सम्पन्न भएको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालले शाखा कार्यालय उद्घाटन गर्नुभएको छ ।

कार्यक्रममा कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्य, नेफ्स्कुनका सञ्चालक सदस्य तथा पारिजात साकोसका अध्यक्ष टंकराज काफ्लेलगायत अन्य कर्मचारीहरु, एजेन्सी म्यानेजरहरु, अभिकर्ताहरु र स्थानीयको सहभागिता थियो ।

नयाँ स्थानमा शाखा कार्यालय स्थानान्तरणसँगै कम्पनीका सेवाग्राहीहरु र अभिकर्ताज्यूहरुले थप सहज र गुणस्थरीय सेवा सुविधा प्राप्त गर्नुहुने कम्पनीले बताएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार १७:२६   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।