विराटनगर । नेकपा एमालेले सुरु गरेको सङ्कल्प यात्रा अन्तरगत पाँचथरमा आमसभा गर्दैछ । मङ्सिर १६ गते बैतडीको झुला घाटबाट सुरु भएको मध्यपहाडी लोकमार्ग केन्द्रित संंकल्प यात्रा अन्तरगत एमालेले आज पाँचथरको फिदिममा आमसभा गर्न लागेकाे हाे ।
एमाले कोशी प्रदेशका सचिव राजकुमार भण्डारीले पार्टी जनसङ्गठनहरूको परिचालन गरी फिदिमको खेल मैदानमा हुने आमसभा स्थलमा आवश्यक तयारी पुरा भएकाे बताए । उनका अनुसार सङ्कल्प यात्रा १२ पाँचथर प्रवेश गर्ने र अध्यक्ष केपी वली लगायत नेताहरूलाई तेह्रथुम र पाँचथरको सिमानामा १२ बजे स्वागत गरिने छ ।
१ बजेबाट नेकपा एमाले पाँचथरले निर्माण गरेको भवनको उद्घाटन गरी अध्यक्ष ओलीलाई नगर परिक्रमा गराउने कार्यक्रम तय भएको भण्डारीले जानकारी दिए । नगर परिक्रमाका क्रममा १९ भन्दा बढी जात जातीको सास्कृतीक झाँकी प्रस्तुत गरिने भण्डारीले बताए ।
२ बजेबाट आमसभा सुरु हुने छ । आमसभामा सहभागी हुन ताप्लेजुङ, पाँचथर, इलाम, झापा लगायतका जिल्लाबाट सर्वसाधारण सहभागी हुन पाँचथरमा भेला हुनेछन् ।




















प्रतिक्रिया