Logo

राजनीति

एमालेकाे संकल्प यात्रा : आज पाँचथरकाे फिदिममा आमसभा



विराटनगर । नेकपा एमालेले सुरु गरेको सङ्कल्प यात्रा अन्तरगत पाँचथरमा आमसभा गर्दैछ । मङ्सिर १६ गते बैतडीको झुला घाटबाट सुरु भएको मध्यपहाडी लोकमार्ग केन्द्रित संंकल्प यात्रा अन्तरगत एमालेले आज पाँचथरको फिदिममा आमसभा गर्न लागेकाे हाे ।

 एमाले कोशी प्रदेशका सचिव राजकुमार भण्डारीले पार्टी जनसङ्गठनहरूको परिचालन गरी फिदिमको खेल मैदानमा हुने आमसभा स्थलमा आवश्यक तयारी पुरा भएकाे बताए ।  उनका अनुसार सङ्कल्प यात्रा १२ पाँचथर प्रवेश गर्ने र अध्यक्ष केपी वली लगायत नेताहरूलाई तेह्रथुम र पाँचथरको सिमानामा १२ बजे स्वागत गरिने छ ।

१ बजेबाट नेकपा एमाले पाँचथरले निर्माण गरेको भवनको उद्घाटन गरी अध्यक्ष ओलीलाई नगर परिक्रमा गराउने कार्यक्रम तय भएको भण्डारीले जानकारी दिए । नगर परिक्रमाका क्रममा १९ भन्दा बढी जात जातीको सास्कृतीक झाँकी प्रस्तुत गरिने भण्डारीले बताए ।

२ बजेबाट आमसभा सुरु हुने छ । आमसभामा सहभागी हुन ताप्लेजुङ, पाँचथर, इलाम, झापा लगायतका जिल्लाबाट सर्वसाधारण सहभागी हुन पाँचथरमा भेला हुनेछन् ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार ११:४४   :  बजे

138
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।