काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी बुहारी सिर्जना त्रिपाठी अमेरिका बसाइसरेको भन्ने समाचारले केहि दिनदेखि निकै चर्चा पाइरहेको छ।
देशमा भविश्य नदेखेर प्रधानमन्त्रीकै बुहारी विदेश पलायनको अवस्था आउनु निकै दु:खद् परिस्थिति सिर्जना भएको भन्दै धेरैले सरकारको आलोचना पनि गरे। तर, प्रचण्ड बुहारी सिर्जनाले आफू अमेरिका बसाइ सरेको भनेर गलत प्रचार गरिएको बताएकी छन्।
भ्रमणबाट एक महिना अघि नै फर्किएको र अहिले पारिवारिक काममा व्यस्त रहेको उनले बताएकी छन्। केही सञ्चारमाध्यामहरूले त्रिपाठी अमेरिका बसाई सरेको भन्ने समाचार प्रसारण गरेलगत्तै त्रिपाठीले सामाजिक सञ्जालमार्फत आफू अहिले नेपालमै पार्टी र पारिवारिक काममा व्यस्त रहेको बताएकी हुन् ।
‘युनेस्को क्लब अमेरिकाको निमन्त्रणमा क्यालिफोर्निको लस एन्जेल्समा भएको युवा नेतृत्व सम्मेलनमा सहभागी भएर फर्किएको पनि एक महिना भैसक्यो । अहिले पार्टी र परिवारको काममा व्यस्त छु,’ उनले भनेकी छन्।
उनले केही सञ्चारमाध्यामले विमानस्थलमा खिचिएको पुरानो तस्बिर हालेर अमेरिका बसाई सरेको भन्ने गलत प्रचार गरेको भन्दै गलत सन्देश दिन खोजिएको कुराप्रति आफूहरु सचेत रहेको समेत बताएकी छन्।
त्रिपाठीले आफू स्वदेशमै रहने र यहि खटिरहने समेत बताएकी छन् । उनले भनेकी छन्, ‘म सबै सुभेच्छुकसँग सादर निवेदन गर्दछु, म यहीँ छु, यहीँ डटिरहने हो, खटिरहने हो।’




















प्रतिक्रिया