Logo

राजनीति

सन्त नेता भट्टराईको शताब्दी जन्म दिवस आज



काठमाडौं- नेपाली कांग्रेसले सन्त नेता एवम् पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शताब्दी जन्म दिवसको अवसरमा आज विमर्श सभा गर्दैछ। कांग्रेसले ‘आदर्शको राजनीति, विधिको शासन र किसुनजीको योगदान’ विषयक विमर्श सभा गर्न लागेको हो।

सानेपास्थित कांग्रेस मुख्यालयमा हुने सभालाई सभापति शेरबहादुर देउवासहित पार्टीका पदाधिकारीहरु र विशिष्ट व्यक्तिहरुले सम्बोधन गर्नेछन्। दिउँसो १:१५ बजेदेखि हुने कार्यक्रममा संविधानसभा सदस्य एवम् पूर्वमन्त्री निलाम्बर आचार्य र विश्लेषक सिके लालबीच विशेष अन्तरक्रिया हुनेछ।

सो अन्तरक्रियालाई वरिष्ठ पत्रकार नवराज लम्सालले सहजीकरण गर्नेछन्।

वि.सं. १९८१ पुष ८ मा जन्मिएका भट्टराईको ०६७ फागुन २० मा निधन भएको थियो। नेपाली कांग्रेसका पूर्वसभापति उनी नेपालको पहिलो संसद्का पहिलो सभामुख तथा बहुदलीय व्यवस्थाको पुनस्र्थापना पछिका पहिला प्रधानमन्त्रीसमेत हुन्।

प्रकाशित मिति : पुष ८, २०८० आईतबार  ७ : ४३ बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।