काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड र युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडबीच हाइड्रोपावरको साबिकको सेयर धनीहरूको लागि हकप्रद सेयर निष्कासन सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतामा हाइड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष नरेन्द्र वल्लभ पन्त तथा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेड मार्फत निकट भविष्यमा युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको हकप्रद सेयर साधारणसभाबाट पारित भए पश्चात् निष्कासन हुनेछ ।
युनाईटेड मोदी हाइड्रोपावर लिमिटेड अन्तर्गतको पर्वत जिल्लामा अवस्थित रहेको १० मेगावाट उत्पादन क्षमता रहेको तल्लो मोदी – १ जलविद्युत आयोजना २०६९ मङ्सिरदेखि नै सञ्चालनमा आइसकेको छ ।




















प्रतिक्रिया