Logo

प्रमुख समाचार

धरौटीमा जेलबाट रिहा भएपछि पहिलो पटक सानेपा पुगे खाँण



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँण बैठकमा सहभागी हुन शुक्रबार सानेपा पुगेका छन् । पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुन उनी त्यहाँ गएका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनी करिब सात महिना जेलमा थिए । जेलबाट हालै धरौटीमा रिहा भएका थिए ।

जेलबाट छुटेपछि पहिलोपटक केन्द्रीय समितिको बैठकमा सहभागी हुन उनी सानेपा पुगेका हुन् । कांग्रेसको जारी बैठक बिहीबारदेखि सुरु भएको हो । पहिलो दिन खाँण बैठकमा अनुपस्थित थिए । दोस्रो दिनको बैठक सुरु भएको छ ।

प्रकाशित मिति : १३ पुष २०८०, शुक्रबार १५:२७   :  बजे

321
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।