काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवा र अन्य नेतृत्वमा रहेका नेताहरुलाई ‘टाइपराइटर’ को संज्ञा दिएका छन् । शनिवार कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ को सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिले आइफोन र को जमना आएको उल्लेख गर्दै उनले अब टाइपराइटरको भविष्य नभएको र अपग्रेड हुनुपर्ने बताए।
पार्टीका नेताहरुले आफू प्रधानमन्त्री र मन्त्री भइसकेको दम्ब देखाएर अन्य नेता कार्यकर्ताले दिएको सुझावलाई पनि मनन गर्न छाडेको गुनासो पनि गरे।
उनले भने- ‘नेताहरुले म सचिव भएको मान्छे अहिले तिमी जस्ता केटाले हेप्ने भन्छ। म यति वर्ष लडेको। म प्रधानमन्त्री भइसकेको, मन्त्री भइसकेको मान्छेलाई तिमीले हेप्ने भन्छ । ठ्याक्कै टाइपराइटर र डेक्सटप कम्युटर र अहिलेको आइफोनको जस्तै झगडा नेपालको राजनीतिमा पनि छ। नयाँ नभइ हुँदैन कसले अब टाइपराइटर बोकेर हिँड्ने ?’
देश चलाउने नेताले पनि समयसँग अपडेट हुनुपर्ने भण्डारीको तर्क छ।
उनले भने- ‘अहिले सबैको हात हातमा मोबाइल छ। घरमा कसैले टिभी हेर्दैन। हरेकको घरघरमा आइफोन आइप्याड पुग्यो छ। त्यसले हप्ता हप्तामा अपडेट गर भन्छ। अपडेट नगरे चल्दैन ।’
बालकुमारी घटना दुःख भएको उल्लेख गर्दै भण्डारीले कोरिया जान पाउँ भनेर पर्न पर्ने देश नेपाल नभएको बताए। देशमा भएका सम्पदा र सम्पत्तीलाई सदुपयोग गरी युवालाई रोजगारी दिने योजना नै नेतृत्वसँग नहुँदा युवाहरुले विदेश जान पाउँ भन्दै गोली खान परेको उनले बताए ।




















प्रतिक्रिया