काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार प्रतितोला २०० रूपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज छापावाल सुन प्रतितोला १ लाख २० हजार ५०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १९ हजार ९०० रूपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २० हजार ७०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २० हजार १०० रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार प्रतितोला १४ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।




















प्रतिक्रिया