Logo

प्रमुख समाचार

यस्ता छन् कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका निर्णय (पूर्णपाठ)



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले विभिन्न ११ वटा निर्णय गरेको छ । पुस १२ देखि १४ सम्म बसेको बैठकले समसामयिक विषय, राष्ट्रियसभा निर्वाचन, महासमिति बैठक र मन्त्रीको कामको समीक्षाबारे निर्णय लिएको छ ।

यस्तै सहकारीको समस्या, संघीयता कार्यान्वयन, समुदायमा कांग्रेस, भ्रातृ संस्थाको म्याद थप, संयन्त्र गठन, मेलमिलाप दिवस र जाजरकोट भूकम्पबारे पनि निर्णय गरेको कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले बताए ।

कांग्रेसले ललितपुरको बालकुमारी घटनामा उच्चस्तरीय छानबिन समिति गठनको माग गरेको छ । उच्चस्तरिय न्यायिक छानविन समिति गठन गरि घटनाको सत्य तथ्य पत्ता लगाई दोषीलाई कानूनी कार्वाही गर्ने बैठकले माग गरेको छ ।

रोजगारीकै लागि विदेश जाने प्रक्रिया सम्बन्धी विवादवाट उत्पन्न आन्दोलनमा ज्यान गुमाएका परिवारका कम्तीमा एकजना सदस्यलाई स्वदेशमै उचित रोजगारी प्रदान गर्ने कांग्रेले भनेको छ ।

कांग्रेसले संक्रमणकालीन न्यायलाई सबैको साझा सहमतिका आधारमा टुंगो लगाउनुपर्ने निर्णय गरेको छ। अब सशस्त्र द्वन्द्व प्रभावित व्यक्ति र परिवारलाई न्याय दिलाउन विलम्ब गर्न नहुनेमा कांग्रेस बैठकले जोड दिएको विश्वकर्माले बताए ।

त्यस्तै, राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा हालसम्म अवसर नपाएका वा बिभिन्न कारणले अवसरबाट बञ्चित भएका व्यक्तिलाई प्राथमिकता दिने निर्णय गरेको छ ।

कांंग्रेसको निर्णयमा भनिएको छ, ‘प्रदेश कार्यसमितिको सिफारिश भई आएका नामहरूमध्ये भौगोलिक तथा जातीय क्षेत्रीय सन्तुलन समेतलाई ध्यान दिई पार्टीमा योगदान गरेका, संसदीय क्षेत्रमा योगदान पुर्‍याउन सक्ने क्षमता भएका, पार्टीप्रति प्रतिबद्ध स्वच्छ छवि भएका हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वञ्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने।’

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले ६ वटा भातृ संगठनको अवधि थप्ने निर्णय गरेको  छ।

बैठकले नेपाल विद्यार्थी संघ, नेपाल दरुण दल, नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघ र नेपाल लोकतान्त्रिक खेलकूद संघको अवधि ६ महीना थपेको हो । अधिवेशन गर्नका लागि म्याद थपिएको प्रचार विभाग प्रमुख विश्वकर्माको भनाइ छ।

यस्ता छन् निर्णय (पूर्णपाठ)

प्रकाशित मिति : १५ पुष २०८०, आईतवार १५:१४   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।