काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । आज तोलामा २०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
बुधबार छापावला सुनको मूल्य प्रतितोला १ लाख २० हजार ८०० मा कारोबार भइरहेको छ । मंगलबार भने प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, यो दिन तेजावी सुन तोलामा १ लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीकाे मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।




















प्रतिक्रिया