Logo

प्रमुख समाचार

राष्ट्रियसभाको सीट भागबन्डाका लागि सत्ता गठबन्धनको बैठक बालुवाटारमा, लगत्तै एमालेसँग बस्ने



काठमाडौं । सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । माघ ११ गते हुने राष्ट्रियसभाको सीट भागबन्डाबारे छलफल गर्नको लागि बैठक बसेको हो ।

बैठकमा कांग्रेस माओवादी केन्द्र, नेकपा एस र जसपा नेताहरु सहभागी छन् । हिजो र आज बसेको कांग्रेस र माओवादीबीचको बैठकमा गठबन्धनका अन्य दलसँग पनि छलफल गरेर सीटको भागबण्डा टुंग्याउने सहमति बनेको छ ।

चार ठूला दलहरू राष्ट्रियसभामा नागरिक उन्मुक्ति, लोसपा, जनमतलाई भाग नदिने पक्षमा छन् । तर, उनीहरूले गठबन्धनमा आफ्नो हिस्सा पाउनुपर्ने अडान राखेका छन् ।

साना दलहरूले पनि आकांक्षा राखेपछि गठबन्धनमा सीट भागबण्डा पेचिलो बन्दै गइरहेको छ । यता, कांग्रेस र माओवादीबीच राष्ट्रिय सभामा एमालेलाई पनि समेट्ने सहमति बनेको छ। यो बैठकलगत्तै गठबन्धन र एमालेको बैठक बस्ने तय भएको छ ।

प्रकाशित मिति : १८ पुष २०८०, बुधबार १८:०३   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।