Logo

अनलाइनपाना खोज

विदेशिने युवाबाट पैसा उठाउने सिटिजन्स इन्टरनेसनल बैंकको ‘गोरखधन्दा’



देख्नेका लागि बैंकिङ कारोबार गर्न बैंकले खटाएको एउटा शाखा मात्र हो, तर त्यो शाखाभित्र हुने गतिविधिले देशप्रतिको वितृष्णाले विदेशिने युवामाथि एउटा ‘क’ वर्गको बैंकलले गर्ने ‘गोरखधन्दा’ छर्लंग पार्छ ।

काठमाडौंको अति व्यस्त बजार असन र महाबौद्ध बजारको बीचमा रहेको सिटिजन्स इन्टरनेसनल बैंकको एउटा शाखामा अरु बैंकका अरु शाखामा जस्तै खाता खोल्ने, कारोबार गर्ने जस्ता औषत गतिविधि हुन्छन् । बाहिरबाट हेर्दा खाता खोल्ने र पैसा जम्मा गर्ने, एकदमै सामान्य काम हो । तर यहीँ गतिविधिबाट बैंकले विदेशिन बाध्य युवाबाट अनुचित लाभ लिइरहेको भन्दा असमान्य लाग्न सक्छ । तर, यो तितो सत्य हो ।

बैंकको यो शाखाले बिचौलियाको मद्दतमा नक्कली बैंक ब्यालेन्स देखाउने काम गरिरहेको प्रमाण अनलाइनपानालाई प्राप्त भएको छ । केही समयका लागि आफ्नो खातामा नक्कली ब्यांक ब्यालेन्स देखाइदिने भन्दै बिचौलियामार्फत कमिसन समेत लिने गरेको फेला परेको छ ।

प्रमाणसहितको अर्को स्टोरीको लागि प्रतिक्षा गर्नुहोस् ।

प्रकाशित मिति : पुष १९, २०८० बिहीबार  ६ : ४४ बजे

786
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।