Logo

अर्थ

नेपाल एसबिआई बैंकको लाभांश सेयरधनीको खातामा जम्मा



काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्षको लाभांश सेयरधनीलाई खातामा जम्मा गरिदिएको छ ।

बैंकले गत पुस १३ गते सम्पन्न ३०औँ वार्षिक साधारण सभाबाट पारित ३.७५ प्रतिशत बोनस सेयर र ६.८० प्रतिशत नगद लाभांस सेयरधनीहरुको बैंक खाता तथा डिम्याट खातामा जम्मा गरेको हो ।

बैंकले पुस १३ गतेपश्चात सेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा जम्मा नगद लाभांस जम्मा गर्ने व्यवस्था गरिएको जनाएको छ ।

त्यस्तै अभौतिक सेयर धारण गरेकाको हितग्राही खातामा र भौतिक सेयर धारण गरेकाको सेयर अभौतिकिकरण गराएपश्चात हितग्राही खातामा जम्मा गरिने जनाएको छ ।

प्रकाशित मिति : १९ पुष २०८०, बिहीबार १३:०१   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।