Logo

कर्पोरेट फोकस

बागमती प्रदेशको निक्षेप परिचालनमा सबैभन्दा बढी हिस्सा



काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा कुल निक्षेप परिचालनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी रहेको छ । नेपाल राष्ट्र बैंकले मधेश प्रदेशको प्रादेशिक आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदनका अनुसार बागमती प्रदेशमा ६८.२९ प्रतिशत रहेको छ ।

त्यस्तै, कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम १.१७ प्रतिशत मात्र रहेको छ । कुल निक्षेप परिचालनमा मधेश प्रदेशको योगदान ५.०९ प्रतिशत रहेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ ।

कुल कर्जा प्रवाहमा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी ५०.५४ प्रतिशत रहेको छ भने सबैभन्दा कम सुदुरपश्चिम प्रदेशको हिस्सा २.८८ प्रतिशत रहेको छ । कुल कर्जा प्रवाहमा मधेश प्रदेशको हिस्सा ८.२९ प्रतिशत रहेको छ ।

कृषि क्षेत्रमा प्रवाहित कुल कर्जा मध्ये सबैभन्दा बढी बागमती प्रदेशको हिस्सा ३४.३५ प्रतिशत रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशको १.५७ प्रतिशत रहेको छ ।
मधेश प्रदेशमा कृषि क्षेत्रमा प्रवाहित कर्जाको अंश १७.१० प्रतिशत रहेको छ । विपन्न वर्गमा प्रवाहित कर्जा मध्ये सबै भन्दा बढी बागमती प्रदेशमा ४८.०६ प्रतिशत रहेको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा १.४६ प्रतिशत रहेको छ ।

कुल विपन्न वर्गमा प्रवाहित कर्जा मध्येमधेश प्रदेशको अंश ८.७४ प्रतिशत रहेको छ । सहुलियतपूर्ण कर्जा तर्फ सबभन्दा बढी सुदुरपश्चिम प्रदेशमा ५४.३८ प्रतिशत प्रवाह भएको देखिन्छ भने कर्णाली प्रदेशमा सबभन्दा कम ०.८१ प्रतिशत प्रवाह भएको देखिन्छ । पुनरकर्जा तर्फ पनि सबभन्दा बढी सुदुरपश्चिम प्रदेशमा ४५.९२ प्रतिशत प्रवाह भएको देखिन्छ भने कर्णाली प्रदेशमा सबैभन्दा कम १.१२ प्रतिशत मात्र प्रवाह भएको देखिन्छ ।

बैंक तथा वित्तीय संस्थाको कुल शाखा संख्या ११ हजार ५ सय २८ मध्ये सबै भन्दा बढी बागमती प्रदेशमा ३ हजार ३ रहेको छ भने सबै भन्दा कम कर्णाली प्रदेशमा केवल ४ सय ५५ शाखाहरू रहेको छ । समीक्षा वर्षमा मधेश प्रदेशमा सञ्चालित बैंक वित्तीय संस्थाहरूकोशाखा संख्या १ हजार ७ सय ४५ रहेको छ ।

त्यसैगरी शाखारहित बैकिङ्ग सेवा सबै भन्दा बढी प्रदेश १ मा ५ सय ७६ स्थानमा र सबैभन्दा कम कर्णाली प्रदेशमा ४२ स्थानमा संचलन भईरहेको छ भने मधेश प्रदेशमा यस्तो सेवा २ सय १ स्थानमा सञ्चालनमा रहेको छ ।

प्रकाशित मिति : १९ पुष २०८०, बिहीबार २१:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।