Logo

अर्थ

नेपाल एसबिआई बैंक र ओम कृष्ण अस्पतालबीच सम्झौता



काठमाडौं । नेपाल एसबिआई बैंक लि र ओम कृष्ण अस्पताल एण्ड रिसर्च सेन्टर प्रा.लि. टीकापुर, कैलालीबीच सेवामा छुट दिने विषयमा समझदारी भएको छ ।

नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ता ग्राहकहरूलाई लक्षित गरी ओम कृष्ण अस्पताल एण्ड रिसर्च सेन्टरमा कार्ड तथा मोबाइल बैंकिङ प्रयोग बापत विभिन्न स्वास्थ्य सेवामा छूट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतामा सुदूरपश्चिम प्रदेश प्रमुख सन्तोष कुमार भण्डारी तथा अस्पतालका अध्यक्ष रत्ना उपाध्यायले हस्ताक्षर गरेका थिए । कार्यक्रममा अस्पतालका तर्फबाट श्री कृष्ण प्रसाद उपाध्याय तथा बैकका कर्मचारीहरूको पनि उपस्थिति थियो ।

प्रकाशित मिति : २० पुष २०८०, शुक्रबार ११:२०   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।