Logo

अर्थ

भूकम्प प्रभावितलाई नेसनल लघुवित्तको ५० लाख सहयोग



काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले जाजरकोट भूकम्पका प्रभावितको लागि ५० लाख रुपैयाँ बराबरको सहयोग गरेको छ ।

संस्थाले सल्यानको दार्मा गाउँपालिकाका प्रभावितको सहयोगको लागि गाउँपालिकाको विपद् कोषमा ४ लाख रुपैयाँ सहयोग गरेको हो ।

त्यस्तै संस्थाको बागचौर शाखामा आवद्ध ६८१ जना सेवाग्राहीलाई राहतस्वरुप २१ लाख ५४ हजार रुपैयाँ आर्थिक सहयोग गरेको बताइएको छ । त्यसैगरी रुकुम पश्चिमको आठविसकोट नगरपालिकालाई ४ लाख रुपैयाँ र आठविसकोट शाखाअन्तर्गतका ३७० सेवाग्राहीलाई ११ लाख ६४ हजार रुपैयाँ आर्थिक सहयोग गरेको संस्थाले जानकारी दिएको छ ।

संस्थाले मुसीकोट नगरपालिकामा रहेको शेरीगाउँ शाखाका २५० जना सेवाग्राहीलाई ७ लाख ५६ हजार रुपैयाँ सहयोग गरेको बताएको छ ।

प्रकाशित मिति : २० पुष २०८०, शुक्रबार ११:५१   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।