Logo

अन्तर्राष्ट्रिय

स्वदेश फर्किए भारतीय विदेशमन्त्री एस जयशंकर



काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर स्वदेश फर्केका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव सेवा लम्सालले विदाइ गरेकी हुन् । नेपाल-भारत संयुक्त आयोगको सातौं बैठकमा भाग लिन विदेशमन्त्री जयशंकर बिहीबार बिहान काठमाडौं आएका थिए ।

दुई दिनको कार्यक्रम सकेर उनी आज स्वदेश फर्केका हुन् । उनको नेपाल भ्रमणका क्रममा नेपाल र भारतबीच १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

यसैगरी नेपाल-भारतबीच चार बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । काठमाडौंमा सम्पन्न नेपाल-भारत संयुक्त आयोगक बैठकमा चार बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको हो। बिहीबार परराष्ट्र मन्त्री एनपी साउद र समकक्षी जयशंकरको सहभागितामा दुई देशबीच चार बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको हो । जसमा १० वर्षमा १० हजार मेगावाट बिजुली भारतलाई निर्यात गर्ने, नेपालले बनाएको स्याटलाइट भारतको सहयोगमा प्रक्षेपण गर्नेलगायत रहेका छन् ।

बैठकमा १३२ केभीका तीनवटा अन्तरदेशीय प्रसारणलाइनको उद्घाटन भएको छ। जसमा रसुवा, परवानीपुर, कटैया-कुशाहा र नौतनवा-मैनावार रहेका छन्। त्यस्तै बैठकमा भारतले भूकम्पबाट क्षति भएको संरचनाको पुनःनिर्माण गर्न एक हजार करोड सहयोगको घोषणा भएको छ।

बैठकमा नेपाल र भारतको समग्र विषयमा समीक्षा हुनुको साथै आगामी दिनमा यसलाई कसरी सुदृढ बनाउँदै लैजाने विषयमा छलफल भएको हो। नेपाल बसाइका क्रममा विदेशमन्त्री जयशंकरले राजनीतिक भेटघाट गरेका थिए।

प्रकाशित मिति : २० पुष २०८०, शुक्रबार १७:१९   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।