Logo

प्रमुख समाचार

राष्ट्रिय सभा निर्वाचन : शेखर समूहको भागमा चार सिट



काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले राष्ट्रिय सभा निर्वाचनमा चार सिट भाग पाएको छ।

कोइराला समूहले बागमती, लुम्बिनी र गण्डकीबाट चार सिट पाएको हो। कोइराला समूहले चार सिट पाएकोमा बागमतीबाट विष्णु देवी पुडासैनी, लुम्बिनीबाट विष्णु सापकोटा , गणडकीबाट किरणबाबु श्रेष्ठ र दलित अपांगबाट पदमबहादुर परियारलाई राष्ट्रियसभाका लागि उम्मेद्‌वार टुंगो लगाएको छ।

कांग्रेसले राष्ट्रिय सभामा पाएको १० मध्ये सभापति शेरबहादुर देउवासँगको सहमतिमा शेखरले चार सिट पाएका हुन् ।

आइतबार पार्टी सभापति शेरबहादुर देउवाले तीन सिटभन्दा दिन नसक्ने बताएपछि शेखर संसदीय बोर्डको बैठक छाडेर निस्किएका थिए। पछि देउवाले चार सिट दिने खबर पठाएपछि शेखर बैठकमा फर्किएका थिए।

 

प्रकाशित मिति : २३ पुष २०८०, सोमबार ०८:२१   :  बजे

111
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।