काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले राष्ट्रिय सभा निर्वाचनमा चार सिट भाग पाएको छ।
कोइराला समूहले बागमती, लुम्बिनी र गण्डकीबाट चार सिट पाएको हो। कोइराला समूहले चार सिट पाएकोमा बागमतीबाट विष्णु देवी पुडासैनी, लुम्बिनीबाट विष्णु सापकोटा , गणडकीबाट किरणबाबु श्रेष्ठ र दलित अपांगबाट पदमबहादुर परियारलाई राष्ट्रियसभाका लागि उम्मेद्वार टुंगो लगाएको छ।
कांग्रेसले राष्ट्रिय सभामा पाएको १० मध्ये सभापति शेरबहादुर देउवासँगको सहमतिमा शेखरले चार सिट पाएका हुन् ।
आइतबार पार्टी सभापति शेरबहादुर देउवाले तीन सिटभन्दा दिन नसक्ने बताएपछि शेखर संसदीय बोर्डको बैठक छाडेर निस्किएका थिए। पछि देउवाले चार सिट दिने खबर पठाएपछि शेखर बैठकमा फर्किएका थिए।




















प्रतिक्रिया