Logo

राजनीति

मन्त्री मालको ‘हिपअप’ ड्रेस



धनगढी- सुदूरपश्चिम प्रदेशकी उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री गिता माल मर्यादा विपरित पोषाकमा प्रदेश निर्वाचन कार्यालय पुगेकी छन्।

आइतबार विहान कुर्ता शुरुवाल लगाएर उनी प्रदेश निर्वाचन कार्यालय पुगेकी थिइन्। दिउँसो मनोनयनका समयमा भने राज्यमन्त्री माल हाफ ज्याकेट, पाइट र बुटमा प्रदेश निर्वाचन कार्यालय पुगेकी थिइन्।

से१झ २८९ नम्बरको भिआइपी गाडीबाट उत्रेकी राज्यमन्त्री मालले लगाएको पोषाक देखेर निर्वाचन कार्यालय बाहिर रहेका नेता कार्यक्रताहरू आश्चार्य व्यक्त गरेका थिए।

‘ओ हो मन्त्री ज्यु पो हुनुहुँदो रहेछ,’ माओवादीका एक नेताले भने। ‘मन्त्री जस्तो पदमा बसेको व्यक्तिले सार्वजनिक ठाउँमा आउँदा पोषाकको ख्याल गर्नुपर्ने हो। अलि सहज पोषाकमा आएको भए राम्रो हुन्थ्यो। यस्तो पोषाक मन्त्रीलाई सुहाएन। कहीँ विवाह वा पार्टी भए अलग कुरा हो। प्रदेश निर्वाचन कार्यालयमै यस्तो पोषाक लाउनु गलत हो,’ कार्यालय बाहिर रहेका एक एमाले नेताले भने।

मन्त्रीनै हिपअप ड्रेसमा उत्रिएर यसरी आउनु गलत भएको उनको भनाइ थियो।

प्रकाशित मिति : २३ पुष २०८०, सोमबार १९:१६   :  बजे

144
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।