विराटनगर । कोशी प्रदेश सभाको सभामुखको निर्वाचनमा नेकपा एमालेले उम्मेदवार नउठाउने भएको छ ।
मंगलबार बिहान बसेको नेकपा एमाले कोशी प्रदेश संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।
कोशी प्रदेशमा मंगलबार दिउँसो ३ बजे सभामुखका लागि निर्वाचन हुदैँछ । सभामुखमा झापाबाट निर्वाचित प्रदेशसभा सदस्य राप्रपाका अमरबहादुर विष्टलाई सभामुखको उम्मेदवार दिने दलहरुको तयारी छ ।




















प्रतिक्रिया