Logo

अर्थ

सांग्रिला डेभलपमेन्ट बैंक र होटल शाराबीच छूट सम्झौता



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र होटल शारा प्रालिबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई विभिन्न किसिमका आवास तथा रेष्टुरेन्ट सम्बन्धी सेवा प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा कम्पनीको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र होटल शाराका तर्फबाट कार्यकारी निर्देशक पृथ्वी सुवेदीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार कम्पनीको भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले होटल शारामा खाना, सौना र स्पा तथा पेय पदार्थमा १० प्रतिशत तथा आवासमा २५ प्रतिशतसम्म छूट प्राप्त गर्न सक्नेछन् ।

साथै भोजका निम्ति हलहरुमा १५ प्रतिशत छूटसम्म दिइएको छ । उक्त सम्झौताले कम्पनीमा कार्यरत कर्मचारीहरु तथा ग्राहकहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने कम्पनीले बताएको छ ।

प्रकाशित मिति : २४ पुष २०८०, मंगलवार १६:४४   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।