Logo

अर्थ

युनिक नेपाल लघुवित्तको साधारणसभा सम्पन्न



काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सभाले सञ्चालक समितिको प्रतिवेदन, आर्थिक वर्ष २०७९र०८० को लेखापरीक्षण प्रतिवेदन, चालू आर्थिक वर्ष २०८०र०८१ को लागि लेखापरीक्षकको नियुक्तिका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।

सभाले भविष्यमा कुनै उपयुक्त लघुवित्त वित्तीय संस्थासँग एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्तिरसमाहित गर्ने कार्यकोलागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

त्यस्तै सभाले सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट बाँके, कोहलपुरका जागेश्वर प्रसाद चौधरीलाई सर्वसम्मतिबाट चयन गरेको छ । हाल कम्पनीको चुक्तापूँजी १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ छ ।

प्रकाशित मिति : २५ पुष २०८०, बुधबार ११:०१   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।