Logo

अर्थ

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८४ प्रतिशत नगद गरी कुल १६.८४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्। हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब रूपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो।

प्रकाशित मिति : २५ पुष २०८०, बुधबार १३:३३   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।