Logo

अर्थ

कुमारी बैंकले पनि घटायो ब्याजदर, कुन खातामा कति ?



काठमाडौं । कुमारी बैंक लिमिटेडले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले माघका लागि घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले माघ महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ८.११ प्रतिशत ब्याज दिने भएको छ भने न्यूनतम ६.५० प्रतिशत ब्याज दिने भएको छ। बैंकले १ वर्षभन्दा बढी अवधिका व्यक्तिगत मुद्दति निक्षेपमा ८.११ प्रतिशतका दरले ब्याज दिनेछ।

त्यसैगरी, बैंकले संस्थागत मुद्दतिमा भने अधिकतम ६.११ प्रतिशत र न्यूनतम ५.२५ प्रतिशत ब्याज दिने भएको छ।

पुस महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा बैंकले अधिकतम ९.३१ प्रतिशत ब्याज दिएको थियो भने संस्थागत मुद्दतिमा ७.३१ प्रतिशत ब्याज दिइरहेको छ।

यसअघि एनआईसी एशिया बैंकले पनि माग महिनाका लागि ब्याजदर घटाएर प्रकाशित गरेको थियो ।

प्रकाशित मिति : २६ पुष २०८०, बिहीबार १३:५७   :  बजे

402
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।