काठमाडौं । आज सेयर बजार सामान्य अकंले घटेको छ । सेयर बजार कारोबार मापक नेप्से ०.६२ अकंले घटेर २०८८.९९ बिन्दुमा बन्द भएको छ ।
त्यस्तै, सेन्सेटिभ परिसूचक पनि २.१९ अंकले बढेर ३८४.१४ बिन्दुमा पुगेको छ । आज ३०७ कम्पनीको २ करोड २१ लाख ३२ हजार ७६८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३० करोड ७७ लाख ६३ हजार रुपैयाँको कारोबार भएको छ ।
आज चार उपसूचकमा सुधार आउँदा ९ उपसूचक राताम्य भएका छन् । बिहिबार हाइड्रोपावर समूहको १.५६ प्रतिशत, माइक्रोफाइनान्स समूहको ०.८३ प्रतिशत, अन्य समूहको ०.२४ प्रतिशत र ब्यापार समूहको ०.३९ प्रतिशतले सेयर मूल्य बढेको छ ।
आज हिमालयन बैंकको प्रोमोटरको २३ करोड ८५ लाख रुपैयाँ, नेपाल रिइन्स्योरेन्सको प्रोमोटर सेयरको १९ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ ।
आज हिमालयन बैंकको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ ।




















प्रतिक्रिया