Logo

अर्थ

सेयर बजारमा दोहोरो अंककाे गिरावट



काठमाडौं । बुधबार सेयर बजारमा करेक्सन देखिएको छ । यसदिन सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको हो ।

आज नेप्से परिसूचक १२.१० अंकले घटेर २१६३.०६ बिन्दुमा झरेको छ । सेन्सेटिभ इन्डेक्स पनि १.११ अंकले घटेर ३९६.३१ बिन्दुमा पुगेको छ ।

कारोबार रकममा आज पनि उछाल आएको छ । यस दिन ३ सय वटा धितोपत्रको ३ करोड ३५ लाख २५ हजार ७०२ कित्ता सेयर खरिदबिक्री हुँदा झन्डै १० अर्बको कारोबार भएको छ । आज ९ अर्ब ७६ करोड ८९ लाख ६९ हजार ८६८ रुपैयाँको कारोबार भएको छ । जुन दुई वर्ष यताकै उच्च हो ।

बैंकहरूले ब्याजदर घटाउँदा मंगलबार सेयर बजारमा उच्च अंकको वृद्धि देखिएको थियो । मंगलबार ५४.५४ अंकले बढेर २ हजार १ सय ७५.१७ बिन्दुमा उक्लिएको थियो। सो दिन ८ अर्ब २ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । मंगलबार नेप्से परिसूचक पछिल्लो ६ महिनायताकै उच्च बिन्दुमा पुगेको थियो ।

आज नेपाल वेयरहाउजिङ कम्पनी र हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक बढेको छ । त्यसैगरी उप्पर तामाकोशी हाइड्रोपावर, सिवाईसी नेपाल लघुवित्त, स्वरोजगार लघुवित्त, उन्नति सहकार्य लघुवित्त, सामलिङ्ग पावर लगायत कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ ।

यता, तेह्रथुम पावर, भूगोल इनर्जी, मुक्तिनाथ कृषि कम्पनी, दोल्ती पावर अप्पर साङ्गे हाइड्रोपावर लगायत कम्पनीको सेयरमुल्यमा उच्च गिरावट आएको छ । यसदिन हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ ।

२०७८ भदौ २ मा नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेको थियो ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार १५:४०   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।