Logo

अर्थ

७.२४ अंकले घट्याे सेयर बजार, ८ अर्बमाथिको कारोबार



काठमाडौं । आज साताको अन्तिम दिन सेयर बजार घटेको छ । आज नेप्से परिसूचक ७.२४ अंकले घटेर २१५५.८२ को विन्दुमा कायम भएको छ । आज ११२ कम्पनीको सेयर मुल्य बढेको छ भने १३३ कम्पनीको सेयर मुल्य घटेको छ ।

आज २९८ कम्पनीको २ करोड ११ लाख २५ हजार ७७६ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब १७ करोड ४९ लाख रुपैयाँको सेयर काराबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । यस कम्पनकिो आज १ अर्ब ८४ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सोनापुर मिनरल्सको ३० करोड १८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज ङादी ग्रुप पावरको २३ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको १६ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार १५:४६   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।